बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरूसँगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामीण स्थानहरू इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ । उक्त कार्यक्रममा सोही भूभागमा बसोबास गर्ने विभिन्न पेसा तथा स्थानीय स्तरका सहकारीहरूमा आबद्ध महिलाहरूको उपस्थिति रहेको थियो । ग्रामीण भूभागमा बसोबास गर्नेहरूलाई बैंकिङ्ग तथा वित्तीय जानकारी दिने हेतुले सञ्चालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढीको सहभागिता रहेको थियो ।कार्यक