रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमालेखहरुका लागि पुनर्जागरण अभियान थालिएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको हो । यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरु र उनीहरुसँ