काठमाण्डौ - काठमाण्डौ उपत्यका विभिन्न ठाउँमा पालिएका बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण १ हजार १९ सुँगुर तथा बुङ्गुर मरेको पशुसेवा विभागले जनाएको छ ।
काठमाण्डौको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बुङ्गुर मर्न थालेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको हो ।
पशु सेवा विभागबाट खटिएका प्राविधिक टोलीले प्रदेश र पालिकाका पशु सेवासँग सम्बन्धित निकायसँग सहकार्यमा रोगको सघन निगरानी गर्ने क्रममा कागेश्वर...