काठमाण्डाै – नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ । काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाण्डौको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका १२ र भक्तपुरको चाँगुनारायण क्षेत्रमा फैलिएको सङ्क्रमणका कारण अहिलेसम्म एक हजार १९ वटा सुँगुर मरिसकेका छन् । एक हजार चार सय २६ वटा शङ्कास्पद र...