काठमाण्डाै - नेपालमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण जोखिम बढेको छ । अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण मुख्यगरी सुँगुर/बङ्गुरमा हुने गरेको छ ।
काठमाण्डौ, कास्की, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट केही सुँगुर/बङ्गुर मरेका छन् । ती जिल्लामा सङ्क्रमण देखिएपछि रोकथामका उपाय अपनाउन थालिएको छ । यस्तै छिमेकी जिल्लामा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि व्यावसायिक किसानलाई जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गर...