सदन अवरोधप्रति सांसदको एक स्वर– कुनै पनि बहानामा अवरोध नगरौं

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले कुनै पनि बहानामा सदन अवरोध गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना असन्तुष्टि व्यक्त गर्न र समस्याको समाधान खोज्न सदन अवरोध गरेर नभई सञ्चालन गरेर अघि बढ्नुपर्नेमा जोड दिए । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘जनतालाई विश्वास दिलाउनका लागि पनि सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार हुनुपर्छ ।’  उनले संसद्भित्र गैरसंवैधानिक शक्ति केन्द्रको निर्माण भइरहेको भन्दै सरकारको ध्यानार्कषणसमेत गराए । ‘संसद् तीन दलको बन्धक बन्न मिल्छ ? रातारात सल्लाह गर्ने र ती दलले निर्णय गर्‍यो भनेपछि हामी लुरुलुरूपछि लाग्नुपर्ने ?’ उनले प्रश्न गरे ।   उनले सदन अवरोध गरेर नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीचको छलफलको अभ्यास उचित नभएको बताए । तीन दलका कारण संसद् बन्धक बन्न नहुने उनको भनाइ छ ।  बैठकमा सांसद प्रेम सुवालले पटकपटक हुने सुन तस्करी प्रकरणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले पनि शीर्ष नेताका बीचमात्र हुने छलफलप्रति असन्तुष्टि व्यक्त गरे । अर्का सांसद रामप्रकाश चौधरीले सदन अवरोध गर्ने अभ्यासको अन्त्य हुनुपर्नेमा जोड दिए ।  सांसद राजकिशोर यादवले सदन अवरुद्ध हुँदा जनताका मुद्दा ओझेलमा परेको बताए । सुन तस्करी प्रकरणको छानबिन र अनुसन्धानलाई राजनीतिक स्वार्थ परिपूर्तिको माध्यम बनाउन नहुने उनको भनाइ छ ।  यस्तै, सांसद मेटमणि चौधरीले सरकारी निकायको संयन्त्रप्रति विश्वास गर्नुपर्ने बताए । उनले सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको कामलाई विश्वास गनुपर्नेमा जोड दिए । सांसद अमरेशकुमार सिंहले सरकारी संयन्त्रप्रति अविश्वास बढ्दै गएको भन्दै सरकारको ध्यानार्कषण गराए । रासस   

सम्बन्धित सामग्री

विधेयक संशोधनमा सांसदको ‘कपी पेष्ट’

काठमाडौं : विषय र प्रसंगमा कुनै पनि विधेयकमा सांसदको संशोधन प्रस्तावको आशय मिल्नु नौलो अभ्यास हैन। एउटै विषयमा एकभन्दा बढी सांसदको संशोधनको व्यहोरा हुबहु मिल्नुचाहिँ संयोग मात्र हुँदैन। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकको एक विवादित व्यवस्थामा छ जनाभन्दा बढी सांसदको संशोधनको व्यहोरा पूर्ण रूपमा दुरुस्त नै पाइएको छ। शब्द, शब्दावली मात्र हैन अनुच्छेदको कमामा समेत कुनै फेरबदल छैन, ‘कपी एण्ड पेष्ट’जस्तो छ। त्यसरी संशोधन दर्ता

प्रतिनिधिसभामा तीन जोडी सांसदको इन्ट्री

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रतिनिधिसभामा तीन जोडी (श्रीमान्–श्रीमती) सांसदको प्रवेश भएको छ । दुई जोडी प्रत्यक्ष तथा समानुपातिकतर्फबाट सांसद भएका हुन् भने एक जोडी सांसद भने प्रत्यक्षबाटै निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा सांसदको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको सांसदको रूपमा प्रवेश भएको छ । देउवा डडेलधुराबाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् भने आरजु समानुपातिकबाट सांसद बनेकी हुन् । आरजु २०७० सालमा पनि

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन्।...

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

काठमाडाैं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ गते सम्पन्न […]

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

२४ मङ्सिर, काठमाडौं । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही मङ्सिर ४ […]

एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौ, मंसिर २३ । नेकपा (एमाले)ले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । एमाले उपमहासचिब प्रदीप ज्ञवालीका अनुसार आज बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने तयारी रहेको छ । एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने तयारी गरेको उनले बताए । […]

लोसपाका १४ सांसदको सनाखत

काठमाडौं, ९ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदको हस्ताक्षर सनाखत भएको छ । जनता समाजवादी पार्टी विभाजन गरी दर्ताका लागि लोकसभा विभाजनका लागि निवेदन दिइएकोमा आज निर्वाचन आयोगमा १४ सांसदको हस्ताक्षर सनाखत भएको हो । लोसपा नेता राजेन्द्र महतोले १४ सांसदको हस्ताक्षर सनाखत भएको जानकारी दिए । उनले भने, […]

गण्डकीका सांसदको आजै कोरोना जाँच हुने

पोखरा : गण्डकीका सांसदको आजै कोरोना जाँच हुने भएकाे छ। सत्तारुढ एमालेका सांसदले सांसदको पिसिआर जाँच गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेपछि सांसदहरुको कोरोना जाँच हुने भएको हो।पिसिआर परीक्षण भएपछि मात्रै बैठक चल्ने सहमतिपछि भोलि दिउँसो एक बजेका लागि संसद बैठक डाँकिएको छ। सभामुखको कार्यकक्षमा आजै बसेको प्रदेश सभा कार्य व्यवस्था समितिको बैठकले सबै सांसदको पिसिआर परीक्षण गर्ने सहमति गरेको छ।‘आज स्वाब संकलन गरेर भोलिसम्ममा रिपोर्ट आउने भएकाले दलहरुबीच यस्तो सहमति जुटेको हो,’ एमाले

पार्टी विभाजन नगर्न सांसदको दबाब

एमालेको माधव नेपाल पक्षका अधिकांश सांसद पार्टी विभाजन हुनु नहुने पक्षमा देखिएका छन् । बुधबार बिहान नेपाल पक्षका सांसदको बैठक बसेको थियो । बैठकमा सहभागी प्रायः सबैले नयाँ दल बनाउनेतिर नलागी एमालेभित्रै संघर्ष गरेमात्रै उपलब्धि हुने बताएका थिए ।  सांसदको बैठकपछि स्थायी कमिटीका सदस्यको बैठक बसेको थियो । स्थायी कमिटी बैठकमा सांसदको बैठकबारे घनश्याम भुसाललगायतका नेताले ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मंगलबार नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । नेपाल पक्षीय सांसदलाई नयाँ द...