महानगर अगाडि मेयर विद्यासुन्दर शाक्यविरुद्ध युवाहरुकाे प्रदर्शन

काठमाडौँ – काठमाडौँको रत्नपार्क स्थित आकाशेपुलको भित्तामा रहेको चित्र मेटाएको विरोधमा युवाहरुले आइतबार प्रदर्शन गरेका छन्। महानगर अगाडि युवाहरुले प्लेकार्डसहित मेयर विद्यासुन्दर शाक्यविरुद्ध प्रदर्शन गरेका हुन्। कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिनेहरु, पाइलट तथा सफाईकर्मीसहितको सम्मानका लागि दुजाङ्ग शेर्पाको अगुवाईमा आकाशेपुलको भित्तामा चित्र बनाइएको थियो। तर महानगरले हालै […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरको मेयरमा स्थापितलाई अघि सार्ने एमालेको तयारी, को-को छन् रेसमा ?

काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) ले काठमाडौं महानगरको मेयरमा केशब स्थापितलाई अघि सार्ने तयारी गरेको छ। एमोलेले मेयरमा अहिलेका मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर, केशब स्थापित, निर्मला देउला र ईन्दिरा पन्तसहित पाँच जनाको नाम सिफारि गरेको छ । एमाले महानगर कमिटिको गत बुधबार बसेको बैठकले यी पाँच जनाको नाम मेयरमा […]

काठमाडौं मेयरमा एमालेबाट पाँचजनाको नाम सिफारिस

रामवीर मानन्धर, विद्यासुन्दर शाक्य र केशव स्थापित प्रमुख दाबेदार एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा संघीय सांसद रामवीर मानन्धरसहित पाँचजना उम्मेदवारको नाम सिफारिस गरेको छ । महानगर कमिटीको बैठकले मानन्धरसहित वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर...

काठमाडौंको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हो । एमालेले मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो । सिफारिस […]

ललितपुर महानगर : मोनोरेल र फ्लाइओभर घोषणामै सीमित

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जसरी ठूला विवादमा त मुछिएनन्, तर आफ्ना बाचा र प्रतिबद्धता पूरा गर्न चुके । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार भन्छन्, ‘ललितपुरको पाँच वर्ष खेर गयो, महानगर १० वर्ष पछि पर्‍यो ।'

छाडा पशुको संयुक्त व्यवस्थापन गर्दै काठमाडौं महानगर र दक्षिणकाली नगरपालिका

काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाले संयुक्त रुपमा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएका छन्। मंगलबार काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले पशु व्यवस्थापन केन्द्र सञ्चालनबारे सम्झौता...

विकासमा काठमाडौं महानगर अगाडि: मेयर शाक्य

काठमाडौं महानगरपालिकाले विगत चार वर्षमा मुख्यतः १८ वटा विकास निर्माणका काम सम्पन्न गरेको छ । देशकै ठूलो महानगरपालिकाको हैसियतमा दर्जनांै नगरपालिकासँग प्रगाढ सम्बन्ध कायम गरी विकास निर्माणका काममा सबैभन्दा अगाडि रहेको मेयर विद्यासुन्दर शाक्य बताउनुहुन्छ । ‘अन्य नगरपालिकाको तुलनामा सोचेभन्दा बढी काम गर्न सफल भएका छौं, भनौं भने मेरो नेतृत्वको टिमले यो अवधिमा महत्वपूर्ण काम […]

भोलिदेखि काठमाडौंको फोहोर उठ्ने, अवरोध भए बल प्रयोग गरिने

काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले फोहोर उठाउने निर्णय गरेको हो । ‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर […]

काठमाडौं महानगरका मेयर अनुमतिबिनै विदेश भ्रमणमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन् ।   उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन् ।    संविधानको ...

रानीपोखरीमा दिनभर रमिता, दलबलसहित ताला तोड्न मेयर नै पुगे :: Pahilopost.com

काठमाडौं :  मंगलबार दिउँसो १ बजे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दलबलसहित रानीपोखरी पुगे। रानीपोखरी प्रवेशद्वारमा ताला लागेको थियो। महानगर प्रहरीको डफ्फा र सुरक्षाकर्मीसहित पुगेका मेयर शाक्यले तुरुन्तै उपमेयर हरिप्रभा खड्गीलाई फोन गरे र सोधे, ‘ताला किन लगाउनुभएको?’ जवाफमा खड्गीले भनिन्, ‘मैले किन ताला लगाउनुपर्यो मेयरसा’ब, म त अवलोकन गरेर आएकी