ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जसरी ठूला विवादमा त मुछिएनन्, तर आफ्ना बाचा र प्रतिबद्धता पूरा गर्न चुके । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार भन्छन्, ‘ललितपुरको पाँच वर्ष खेर गयो, महानगर १० वर्ष पछि पर्यो ।'