उदयपुर जिल्लामा रहेर पत्रकारिता गर्दै आएका गजेन्द्र राईलाई समाचार लेखेको विषयलाई लिएर नेपाल प्रहरीले पक्राउ गरी ‘साइबर क्राइम’को मुद्दा चलाएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आपत्ति जनाएको छ ।समाचार र समाचारसँग जोडिएका विषयसँग सम्बन्ध राख्ने विषय हेर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरीले समाचार लेखेकै विषयमा पत्रकार राईलाई पक्राउ गरी सम्बन्ध नै नराख्ने ‘साइबर क्राइम’मा मुद्दा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको फो