सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १६.२९ अंकले बढ्दै १८५३.७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भएपनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यस दिन कुल १७ लाख ९१ हजार ४८० कित्ता सेयर बजारमा १४ हजार २९८ पटक किनबेच हुँदा जम्मा ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । आज जीवन बीमा बाहेकका सबै उपसूचक धनात्मक भएका छन् ।सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.६५ प्रतिशतले बढेको छ भन