गौरीशंकर संरक्षण क्षेत्रभित्र वन्यजन्तु पीडित किसानले क्षतिपूर्ति पाएका छन् । दोलखाका विभिन्न स्थानीय तहका किसानहरुलाई संरक्षण क्षेत्रका वन्यजन्तुहरुले गरेको मानवीय तथा पशुधन क्षतिबापत सरकारको तर्फबाट राहत स्वरुप क्षतिपूर्ति उपलब्ध गराइएको हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले किसानको क्षतिका आधारमा राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ ।
विभागअन्तर्गतको गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय दोलखाले किसानलाई राहत रकम हस्तान्तरण गरेको हो । कार्यालयका सम्पर्क अधिकृत शिवलाल गैरेका अनुसार वन्जन्तुले आक्रमण गरी घाइते बनाएका मानिस र पशुचौपाय गुमाएका किसानलाई क्षतिको आधारमा रकम उपलब्ध गराइएको छ ।