लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ वितरण

रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्जले ९ महिनामा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत रकम वितरण गरेको छ ।  चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्ममा वन्यजन्तुबाट पीडित भएका परिवारलाई १९ लाख ८० हजार ६ सय ६५ रुपैयाँ वितरण गरेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निकुञ्जमा ३ सय ४१ वटा निवेदन परेको छ । जसमा तीन जना समान्य घाइते भएका छन् । उनीहरूलाई ६९ हजार ६ सय ५५ रुपैयाँ राहत रकम प्रदान गरिएको कार्यालयले जनाएको छ ।  यो अवधिमा जङ्गली जनावरले १४ वटा घरपालुवा पशुको क्षति गरेको ...