वन्यजन्तु पीडितलाई राहत

वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८÷०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० वटा पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए। “प्रदेश सरकारको कार्यविधिअनुसार ३७ वटा खसी, बाख्रा र बोका, सात वटा पाठापाडी र छवटा बङ्गुरको राहत वितरण गरेका हौँ”, उनले भने, “३० जना कृषकले राहत पाउनु

सम्बन्धित सामग्री

वन्यजन्तु पीडितलाई राहत

वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार रुपियाँ राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ ।

वन्यजन्तुबाट क्षति भएकालाई चितवन राष्ट्रिय निकुञ्जद्वारा डेढ करोड राहत वितरण

माघ १९, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्रका वन्य जन्तुबाट मानव तथा भौतिक क्षति भएकालाई निकुञ्जले डेढ करोडभन्दा बढी राहत वितरण गरेको छ ।  कार्यालयले सबै क्षति गरी चालू आर्थिक वर्ष ०७८/७९ को पुस महीना सम्ममा १ करोड ५५ लाख ७५ हजार २६४ रुपैयाँ रकम राहत वितरण गरेको हो ।  कार्यालयले वन्यजन्तुबाट आक्रमण भएका सामान्य घाइते, सख्त घाइते, मानिस मृत्यु, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति घरगोठको क्षति र अन्नबाली क्षति बापत उक्त राहत रकम वितरण गर्दै आएको छ  ।  राहत वितरण रकममध्ये सबैभन्दा बढी रकम वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारजनलाई गरेको छ । जसअनुसार मानिसको मृत्यु भएका परिवारजनलाई पुस महीनामा १ करोड राहत रकम वितरण गरेको छ ।  सख्त घाईते भएकालाई २० लाख २३ हजार ३०२ रुपैयाँ, सामान्य घाइते भएकालाई ३ लाख ३८ हजार १०२ रुपैयांँ र पशुधनको क्षति बापत १० लाख ७८ हजार २० रुपैयाँ राहत रकम वितरण गरेको छ ।  वन्यजन्तु आक्रमणबाट मृत्यु हुने गरेको परिवारजनलाई प्रति व्यक्ति दश लाख र घाइतेको हकमा उपचार दर्च निकुञ्जले बेहोर्ने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । ‘यदि कुनै वन्यजन्तु मध्यवर्ती क्षेत्रभन्दा पनि बाहिर गएर मानव वस्तीमा क्षति गर्छ त्यसको मात्रै राहत रकम पाइन्छ, उनले भने, ‘यदि मध्यवर्ती क्षेत्रमा या निकुञ्ज क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको निकुञ्जले क्षतिपूर्ती र राहत दिंँदैन ।’  यस्तै पुस सम्ममा वन्यजन्तुले मानव वस्तीमा भण्डारण गरेको अन्न क्षति गरे वापत ३५ हजार ४४० रुपैयाँ, घरगोठ क्षति गरेवापत १ लाख १७ हजार ३०० रुपैयांँ र अन्नबालीको क्षति गरे बापत १९ लाख ८३ हजार १०० रुपैयाँ राहत रकम वितरण गरिएको कार्यालयले जानकारी दिएको छ ।  ६ महीनाको अवधिमा वन्यजन्तुले मानव, पशुधन र अन्न क्षति गरी जम्मा ४८४ ओटा क्षति गरेका थिए । कार्यालयका सूचना सूचना अधिकारी तिवारीले राहत वितरण सिफारीश समितिले पेश गरेको क्षतिको विवरण, घटनाको प्रकृति अनुसार पीडितलाई राहत रकम वितरण गरिने बताए ।  यसका लागि घटना भएको वा क्षति भएको ३५ दिनभित्र पीडित या पीडित परिवारले निकुञ्ज कार्यालयमा निवेदन दिइसक्नु पर्नेछ ।

वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत वितरण

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएकालाई १९ लाख ८० हजार रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म कार्यालयले ३ सय ४१ जनालाई राहत रकम उपलब्ध गराएको हो ।...

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ वितरण

रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्जले ९ महिनामा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत रकम वितरण गरेको छ ।  चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्ममा वन्यजन्तुबाट पीडित भएका परिवारलाई १९ लाख ८० हजार ६ सय ६५ रुपैयाँ वितरण गरेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निकुञ्जमा ३ सय ४१ वटा निवेदन परेको छ । जसमा तीन जना समान्य घाइते भएका छन् । उनीहरूलाई ६९ हजार ६ सय ५५ रुपैयाँ राहत रकम प्रदान गरिएको कार्यालयले जनाएको छ ।  यो अवधिमा जङ्गली जनावरले १४ वटा घरपालुवा पशुको क्षति गरेको ...

जंगली जनावरबाट पीडितलाई ३९ लाख रुपैयाँ राहत

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जंगली जनावरबाट पीडित भएकालाई ३९ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्तिबापत रकम दिएको छ । आरक्ष कार्यालयले चालू आर्थिक वर्षको हालसम्ममा आरक्षबाट निस्केका जंगली जनावरबाट पीडित भएकालाई ३९ लाख ९ हजार ७११ क्षतिपूर्तिबापत रकम प्रदान गरेको आरक्षका संरक्षण अधिकृत अशोक रामले जान...

जनावरबाट पीडितलाई रु ३९ लाख राहत

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई रु ३९ लाख भन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ । आरक्ष कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट ...

वन्यजन्तु पीडितलाई पाँच महिनामा झण्डै साढे १० लाख राहत

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०७७७८ को पाँच महिनामा १० लाख ४७ हजार रुपैयाँ राहत वितरण गरेको छ । निकुञ्जका अनुसार निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएका १ सय ४४ पीडितमध्ये १ सय ४२ जनालाई राहत वितरण गरिएको हो । निकुञ्ज क्षेत्रभित्र जंगली वन्यजन्तुले मान्छे, बालीनाली वा पशुधनको क्षति पुर्‍...

वन्यजन्तु पीडितलाई राहत वितरण गर्न कठिनाई

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन भएपछि वन्यजन्तुबाट पीडित भएकालाई राहत वितरण कार्य रोकिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएका ५२ जनालाई राहत वितरण गर्न बाँकी छ। चालु आर्थिक वर्ष २०७६/७७ मा निकुञ्जमा ४ सय ४२ वटा निवेदन आएकोमा ३ सय ९० लाई मात्र राहत वितरण गरिएको छ।

संरक्षणकर्मीलाई सम्मान, वन्यजन्तुबाट पीडितलाई राहत

चितवन : तेइसौँ वन्यजन्तु सप्ताह शुक्रबारबाट सकिएको छ। साताव्यापी रूपमा भएको वन्यजन्तु सप्ताहको समापनका अवसरमा आज चितवनको सौराहामा संरक्षणमा योगदान दिने नौ जनालाई कदरपत्रसहित सम्मान गरिएको छ। कार्यक्रममा वन्यजन्तुबाट पीडित छ परिवारलाई समेत राहत वितरण गरिएको वन्यजन्तु सप्ताह आयोजक समितिका सदस्य जीतु तामाङले...