गत फागुन ७ गते घोषणासभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधिको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ ।पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरूबीच आज सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिएक