कमल थापाले ब्यूँताए राप्रपा नेपाल, फागुन ७ मा घोषणा गर्ने

१ फागुन, काठमाडौं । पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुन: ब्यूँताउने भएका छन् । उनले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको आइतबार एक विज्ञप्ति जारी गरी बताएका छन् । २०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरका थिए । तर आफूहरुले […]

सम्बन्धित सामग्री

कमल थापाले ब्युँताए राप्रपा नेपाल

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो स...