राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा

काठमाडौं– राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक आज झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए । ‘कुनै अँध्यारो कुना र शक्तिको रिमोट बाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित […]

सम्बन्धित सामग्री

कमल थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय अध्यक्ष थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस भएका हुन्। थापालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरक

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा

राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक सोमबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए ।‘कुनै अँध्यारो कुना र शक्तिको रिमोटबाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरे ।नेपाल

एमाले र राप्रपा (नेपाल)बीच तालमेल तय

प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको  राप्रपा (नेपाल)बीच चुनावी तालमेल करिब निश्चित भएको छ । राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले सोमबारसम्म निर्णयमा पुगिने बताए ।  ‘राप्रपा नेपालसँग...

‘हाँसो लाग्छ’ भन्दै ‘भाइ’हरुमाथि खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिएका छन् । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उनले आक्रोश पोखेका हुन् । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाएका थिए । आफूले राप्रपा नेपाल बनाएपछि पूर्व पार्टीका ‘भाइहरु’ले आफूमाथि गालीको वर्षा गरेको बताउँदै थापाले भने, ‘२०६३–६४ ताका ‘मरेको लाश नबोकौँ दाइ’ भनेर सल्लाह दिने भाइरु अहिले पार्टी कब्जा गरेर मल

चुनावको तयारीमा जुट्यो कमल थापा नेतृत्वको राप्रपा नेपाल

कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । आइतबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो ।  जसअनुसार स्थानीय निर्वाचनको तयारीका लागि  सुशील श्रेष्ठको संयोजकत्वमा  स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।  समितिको सदस्यहरूमा श्री तेजकुमार कुरुम्वाङ्ग, हरिकृष्ण श्रेष्ठ, राम नरेश यादव, , रामसुन्दर विष्ट, राजकुमार खड्का, खेमराज गौतम,  ईर्साद आलम, ईश्वर श्रेष्ठ,  ललित जोशी,

कमल थापाको नेतृत्वमा घोषणा भयो राप्रपा नेपाल

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका थिए ।  राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग थापा पराजित भएका थिए । महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका थिए ।  तर, लिङदेनले सो विषयमा कुनै च...

राप्रपा नेपाल ब्युँताउँदै कमल थापा

काठमाडौं ।  अध्यक्षमा पराजित भएपछि पार्टीबाट अलग भएका नेता कमल थापा आफ्नो आफ्नो नेतृत्वमा पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई ब्युँताउने भएका छन् । राप्रपा नेपालले राजसंस्थाको एजेन्डालाई छोडेर हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई मूल एजेन्डा बनाउने भएको छ । राजसंस्था र हिन्दु राष्ट्र मूल एजेन्डा बोकेको राप्रपा नेपाल दोस्रो संविधानसभामा मुलुकको चौथो ठूलो […]

कमल थापाले ब्युँताए राप्रपा नेपाल

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले आइतवार राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका छन् । ‘जब उहाँले (कमल थापा) पार्टी एकीकरणको नाममा राप्रपामा समाहित हुनु भयो मैले राप्रपा नेपाललाई बचाई राख्ने अठोट गरेँ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एक दिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरि राप्रपा नेपालको आवश्यक पर्नेछ भन्ने मेरो स...

कमल थापा फेरि बने राप्रपा नेपालको अध्यक्ष

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नेपाल नामक नयाँ पार्टीको अध्यक्ष बनेका छन्। राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा  उक्त पार्टीको अध्यक्ष बनेका हुन्। आइतबार थापाको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति बनाएर नयाँ कार्यसमितिबारे आयोगलाई लेखेर पठाउने निर्णय भएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले कमल थापाको नेतृत्वमा […]

‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

राप्रपा परित्याग गरेका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका थापाले राप्रपा नेपाल नै ब्युँताउन लागेका हुन् । राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले रातोपाटीलाई भने, ‘त्यो पार्टी पहिले नै दर्ता छ