नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सर्वोच्च अदालतमा दिइएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिमको आदेश दिएको छ । अदालतको आदेशबाट कर्णाली प्रदेश सरकारलाई ‘हाइसञ्चो’ भएको छ ।नेकपा एमालेले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चारजना प्रदेशसभा सदस्यले पार्टीबाट आफूहरुमाथि गरिएको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिट निवेदनमाथि इजलासले अन्तरिम आदेश जारी गर्दै उनीहरुमाथिको कारवाहीसम्बन्ध