सुर्खेत- गत माघ महिनामा कर्णाली सरकारले पूर्णता पाएपछि मन्त्रिपरिषद समावेशी नभएको भन्दै विवादित बन्यो । मन्त्रिपरिषद समावेशी हुनुपर्ने माग राख्दै अधिवक्ता शेरबहादुर केसी र अधिकारकर्मी टिका विष्टले उच्च अदालत सुर्खेतमा रीट हाले । सोही रिटको सुनुवाई गर्दै उच्च अदालतले मन्त्रिपरिषद समावेशी गराउन कर्णाली सरकारल...