रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा माग भन्दा आवेदन, खुल्ला भएको तीन दिनमै बन्द गरिदै
काटमाडौं। रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा मागभन्दा बढि आवदेन परेसँगै पहिलो चरणमै निष्काशन बन्द गर्ने भएका छन्।
दुबै कम्पनीले आज एक दिनका लागि मात्रै प्राथमिक शेयरको निष्काशन ...
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेड नाफामा गएको छ । गत वर्षको यस अवधिसम्म १ करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै ३ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।
यस वर्ष कम्पनीले निर्माण सम्पन्न गरेको १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट गत असोज २१ देखि व्यापारिक उत्पादन गर्न शुरु गरेसँगै नाफामा गएको हो ।
कम्पनीले निर्माण गरिरहेको ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेन जलविद्युुत आयोजनाबाट पनि आगामी चैत मसान्तसम्म व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट ७ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २० करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
दीर्घकालीन कर्जा ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने २४ करोड रुपैयाँ छ । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी १ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ३७ पैसा छ ।
काठमाडौँ – सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन हो । लगानीकर्ताले आज आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे […]
सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपिओमा आवेदन दिने समय पुनः थप गरेको छ । स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो ।तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि फेरि समय थप गरिएको हो । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरिरहेको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । &nb
सान्जेन जलविद्युत कम्पनीको आइपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमा छोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित ब
काठमाडौं, भदौ ५ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आजदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट […]
आईपिओमा अशंतुष्टि जनाउदै सान्जेन जलविद्युत कम्पनी आयोजनाका आयोजना प्रभावितले सान्जेन जलविद्युतको कार्यलयमा तोडफोड गरेका छन् । आज आइतबार स्थानीयहरुले साइट अफिस, सवारी साधन लगायतमा तोडफोड गरेका हुन् । गत्लाङका स्थानीयले तोडफोड तथा आगजनी गरेको कम्पनीले जनाएको छ । उनीहरुले आईपिओ निष्काशन गर्दा गत्लाङका स्थानीयलाई अतिप्रभावितको सुचीमा राख्न माग गर्दै कार्यालय तोडफोड गरेका हुन् । हाल उनीहरुलाई सामान्य प्रभावितमा राखिएको छ । कम्पनीले स्थानीयलाई भदौ ५ गतेदेखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गा.वि.स.) , सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु:-१.२.३ (साविक गत्लाङ गा.वि.स. र हाक गा.वि.स.) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले यस आईपिओमा आवेदन दिन सक्ने छन् । शेयर बाँडफांड गर्दा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र अन्य जिल्लावासीलाई क्रमशः ४.३५ : ३ : १.५ : १ को अनुपातमा शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ।आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्मको लागि दिन अकिने छ । आईपिओमा छिटोमा भदौ १९ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज र एनएमबी क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन् ।कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो । सान्जेनले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
काठमाडौँ- सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो […]
सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्नको लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज असार ९ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गर्न लागेको हो ।सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज क्यापिटल तथा एनएमबि क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन्। कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो । कम्पनीले मङ्सिर २० गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।सान्जेनले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।
सान्जेन जलविद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १३ गते मंगलबार स्मार्ट क्याफे धुम्बाराहीमा सभा आह्वान गरेको हो ।कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूवाट आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदनको प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तसम्मको वासलात र आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा सम्वद्ध अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, कम्पनीको आ.व. २०७८/७९ को हिसाव किताव लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । यस कम्पनीले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।