मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले अगामी दिनमा प्रदेश मातहतका अस्पतालहरुमा दृष्टि विशेषज्ञहरुको लागि नयाँ दरबन्दी सृजना गर्ने बताउनुभएको छ ।
विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबार नेपाल दृष्टि विशेषज्ञ संघ मधेस प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानव जीवनको लागि अति महत्वपूर्ण अङ्गको रुपमा रहेको आँखाको विशेषज्ञ सेवाको सरकारी अस्पतालमा सुरुदेखि नै आभाव देखिएकोले नयाँ ओएण्डएम (संगठन र व्यवस्थापनका लागि आवश्यक दरबन्दीका सृजना गरिने सर्वे डाटा )मा नयाँ दरवन्दी सृजना गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।