जनकपुर, १६ पुस: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुुपर्ने बताएका छन् । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिद्वारा आज जनकपुरधाममा आयोजित ‘बहुक्षेत्रीय पोषण योजनासम्बन्धी’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले पोषणसम्बन्धी सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन नसकेकाले यसलाई जनस्तरसम्म लैजानुुपर्ने बताएका हुन् । मुख्यमन्त्री राउतले अन्नको भण्डारको रुपमा रहेको प्रदेश नं २ […]