२०७७ साल चैत ३० गते साँझ ७ बजेको समयमा सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा हतियारधारी डाँकाको समूहले आक्रमण गर्दै सुनचाँदी लुटपाट गर्यो ।
हतियारधारी डाँकाको समूहले सारडाको घरमा प्रवेश गरी उनका बुवा भगिरथ सारडा र उनको परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटपाट गरेको थियो ।
उक्त समूहले लकर फोडेर सुनचाँदी लुट्नुका साथै परिवारका सदस्यहरूमाथि धारिलो हतियारले आक्रमण समेत गरेको थियो । लुटपाट गरेपछि सारडाको घरमा पार्किङ गरेर राखिएको ...