काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर आफ्ना सबै गतिविधि बन्द हुने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै महासंघले कोभिड–१९ को दोस्रो लहर सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द गरिने जनाएको हो ।यद्यपि, सो समयमा कार्यालय बन्द रहेतापनि महासंघबाट जारी हुने दैनिक सुनचाँदीको दरभाउ प्रकाशन भने नरोकिने महासंघले जनाएको छ ।