स्थानीयको करोडौँ ठगी गर्ने सुनचाँदी व्यवसायी पक्राउ

झापा – झापा गौरादहबासीको करोडौँ रकम ठगी गरेको आरोपमा सोही स्थानका सुनचाँदी व्यवसायी सोम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। विश्वकर्मालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ‘मलाई नखोज्नू’ भन्दै वडाध्यक्षलाई पत्र लेखेर सम्पर्कविहीन भएका विश्वकर्मा सीमावर्ती काँकरभिट्टाबाट पक्राउ परेका हुन्। भारतबाट नेपाल छिरे लगत्तै उनलाई प्रहरीको टोलीले पक्राउ गरेको हो। उनलाई जिल्ला […]