–प्रकाश शर्मानेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक संसदमा टेबल हुने क्रममा छ । प्राविधिक कुरा समेटिएको यो विधेयकले के साँच्चै नेपालको उड्डयन क्षेत्र कायापलट गर्ला ? सामान्य जानकारी राख्नेहरूले के भन्ने गर्दछन् भने सेवा प्रदायक र नियामक निकाय एउटै हुँदा स्वार्थ बाझिन जान्छ, त्यसैले विभाजन गर्नु उपयुक्त हुन्छ । यो क्षेत्रका जानकारहरुको प्रतिप्रश्न के हुने गरेको छ भने विभागीय स्वतन्त्रता र व्यावसायिकताले हामीलाई त्यो हदसम्मको स्वार्थ राख्न नदिने हुनाले विभाजन गर्नु जरुरी छैन । बरु थप व्य