नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन वैज्ञानिक छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरण विधिवत् रूपमा १६ पुस, २०५५ सालमा हवाई विभागबाट सहज निर्णय प्रक्रिया र छरितो संगठनको कल्पना गरेर स्थापना भएको हो । तर, अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनको सँघारमा छ । कसैको चाहना यो पनि होला कि विभाजन नहोस् । कसैको चाहना यो पनि होला कि विभाजन होस् । तर यो हेर्नुपर्ने […]

सम्बन्धित सामग्री

जुम्ला विमानस्थल विस्तार गरिने

७ असोज, जुम्ला । जुम्ला विमानस्थल विस्तार गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्पोरेट योजना तथा अनुगमन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लालाई पठाएको पत्र अनुसार जुम्ला विमानस्थल विस्तार गर्न ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैयाँ ६१ पैसा स्वीकृति भएको छ । जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीका अनुसार सो […]

वायु सेवा सञ्चालन गर्न न्यूनतम तीनवटा जहाज हुनुपर्ने

काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायु सेवा सञ्चालन गर्न अब न्यूनतम तीनवटा जहाज हुनुपर्ने नयाँ मापदण्ड तयार गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै याे नयाँ मापदण्ड तयार गरेको हाे । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।उहाँका अनुसार सबै...

विराटनगर विमानस्थलले महानगरलाई कर नबुझाउने

नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर (विराटनगर विमानस्थल) ले महानगरपालिकालाई कर नबुझाउने भएको छ।...

क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित सात जना कारबाहीमा

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई ग्राउण्डेड गरेको छ।...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनमा परेन आवेदन

काठमाडौँ । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा […]

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन

भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको बताइएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताए ।  उनले भने– “दुई पटक टेन्डर गर्दा कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएनन् । अब हामी छिट्

नेपाल नागरिक उड्डयन प्राधिकरण तथा उड्डयन क्षेत्रको विकास क्रम

वि.सं. २००६ मा भारतीय राजदूत सरजित सिंहको चारसीटे जहाज पहिलोपटक गौचरणमा अवतरण वि.सं. २००७ मा पहिलोपटक हिमालयन एभिएसनको ड्याकोटा जहाज गौचरणबाट कलकत्तासम्म चार्टर्ड उडान वि.सं. २०१२ मा राजा महेन्द्रबाट गौचरण विमानस्थलको औपचारिक उद्घाटन भई त्रिभुवन विमानस्थलमा रूपान्तरण वि.सं. २०१४ मा नागरिक उड्डयन विभाग गठन र विमानस्थलको घाँसे धावन मार्गको कालोपत्र वि.सं. २०१५ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमको नियमित हवाई (आन्तरिक र बाह्य) सेवा शुरू वि.सं. २०१६ मा प्राधिकरण संस्थानमा परिणत वि.सं. २०१७ मा प्राधिकरणले अन्तरराष्ट्रिय हवाई सेवा प्रदायक संस्था आईकाओको सदस्यता लिएको वि.सं. २०२१ मा त्रिभुवन विमानस्थल अन्तरराष्ट्रिय विमानस्थलमा परिणत विमानस्थलको ३ हजार ७५० फिट लामो धावनमार्ग ६ हजार ६०० फिटमा विस्तार वि.सं. २०२४ मा जर्मनीको लुफ्थान्सा बोइङ–७०७ काठमाडौंमा अवतरण वि.सं. २०२५ देखि नेपाल–थाइल्याण्ड नियमित हवाई सेवा शुरू वि.सं. २०२९ मा नेपाल एयरलाइन्सको पहिलो बोइङ ७२७–१०० बाट हवाई सेवाको थालनी । सोही वर्षदेखि नेपाली एटीसी प्राविधिकबाट समेत सेवा शुरू वि.सं. २०४६ मा पहिलोपटक अन्तरराष्ट्रिय टर्मिनल निर्माण सम्पन्न वि.सं. २०४९ मा उद्धार उड्डयन नीति लागू र आन्तरिक हवाई सेवामा निजीक्षेत्रको प्रवेश शुरू विंसं. २०५१ देखि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि स्थान छनोट अध्ययन प्रक्रिया आरम्भ वि.सं. २०५७ मा नागरिक उड्डयन नीति लागू वि.सं. २०५२ मा आन्तरिक टर्मिनल भवन विस्तार २०५९ मा एयर कार्गाे सेवा शुरू वि.सं. २०६२ देखि निजी हवाई सेवा प्रदायकबाट अन्तरराष्ट्रिय हवाई सेवा शुरू वि.सं. २०६३ मा नयाँ हवाई नीति निर्माण वि.सं. २०६४ मा इतिहाद, ड्र्यागन, सिल्क, ओरियन्ट, थाई र हङकङ एक्सप्रेसद्वारा अन्तरराष्ट्रिय सेवा शुरू वि.सं. २०७० देखि विमानस्थलमा स्वचालित उपकरण तथा मेशिन जडान गर्ने योजना सार्वजनिक वि.सं. २०७१ मा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण शुरू वि.सं. २०७४ मा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ वि.सं. २०७५ मा भट्टे डाँडामा राडर जडान वि.सं. २०७५ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन वि.सं. २०७५ मै धनगढी विमानस्थलमा रात्रिकालीन उडान, सिमरा पनि थप वि.सं. २०७५ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुटिक एयरपोर्टमा रूपान्तरण पोखरा, भैरहवा अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ वि.सं. २०७७ मा प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा विमानस्थल निर्माण शुरू विराटनगर विमानस्थल जस्ता अन्य विमानस्थलमा संघीय सरकारको लगानी पनि हुनेगरी आन्तरिक विमानस्थलमा स्थानीय र प्रदेश सरकारको स्वामित्व हुनेगरी निर्माणमा समझदारी

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

कोभिड-१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ।

आन्तरिक उडान संख्या कटौति गर्ने तयारी

अहिले भइरहेको उडानको ३० प्रतिशत संख्या कटौति गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयले तयारी गरेका छन्।