वायु सेवा सञ्चालन गर्न न्यूनतम तीनवटा जहाज हुनुपर्ने

काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायु सेवा सञ्चालन गर्न अब न्यूनतम तीनवटा जहाज हुनुपर्ने नयाँ मापदण्ड तयार गरेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै याे नयाँ मापदण्ड तयार गरेको हाे । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।उहाँका अनुसार सबै...

सम्बन्धित सामग्री

कहाँ जान्छन् पर्यटक ?

सेप्टेम्बर महीनामा ९१ हजार विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गर्‍यो । गत ९ महीनामा झन्डै ७ लाख पर्यटक नेपाल आएको पाइन्छ । यो भनेको करीबकरीब कोरोनाकालअघिकै अवस्था हो । तर, पर्यटन व्यवसायीको भनाइ मान्ने हो भने पर्यटकीय क्षेत्रमा खासै चहलपहल छैन । ९१ हजार पर्यटक आउँदा सौराहाको पर्यटन क्षेत्र सुनसान छ भन्ने व्यवसायीको भनाइ छ । यही महीनामा नै होटेलहरू खाली रहेको व्यवसायीको भनाइ छ । यद्यपि अक्टोबर र नोभेम्बरमा पर्यटक बढ्ने आशा उनीहरूमा छ । नेपाल आएका मध्ये झन्डै आधा पर्यटक पोखरा पुग्ने पर्यटक व्यवसायीहरू बताउँछन् । तर, सेप्टेम्बर महीनामै पोखरा सुनसान भएकाले आफूहरू निराश भएको व्यवसायी बताउँछन् । सौराहा र पोखरामै पर्यटक सुनसान भन्ने व्यवसायीको भनाइ पत्याउने कि पर्यटन बोर्डको तथ्यांक पत्याउने भन्ने अन्योल पैदा भएको छ ।  त्यसो त लुम्बिनीमा पनि पर्यटक खासै छैनन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बनेर पर्यटक खचाखच हुन्छन् भन्ने अपेक्षाले त्यहाँ होटेलमा लगानी गरेका व्यवसायी यहाँबाट वायु सेवा सञ्चालन नहुँदा पर्यटक आगमन नभएकाले पुर्पुरोमा हात लगाएर बसेका छन् । नेपालगञ्ज पनि अहिले सुनसान नै छ । कैलाश मानसरोवर यात्रा भारतीय पर्यटकका लागि खुला नगरिएकाले नेपालगञ्जका होटेल व्यवसायी पनि निराश देखिएका छन् । त्यसो भए झन्डै ७ लाख पर्यटक कहाँ गए त ?  नेपाल बाहिर बसोवास गर्ने र उतैको नागरिकता लिएका नेपालीको संख्या बढेको छ । तिनीहरू हवाई मार्गबाट नै नेपाल आउँछन् । तिनलाई समेत गनेर पर्यटकको संख्या तय गरिएको हो भने मात्रै पर्यटन व्यवसायी र बोर्डको तथ्यांक मिल्न सक्छ । अन्यथा पर्यटक संख्या र व्यवसायमा कहीँ कतै केही नमिलेको देखिन्छ । अझ सीमाबाट सडकमार्ग भएर आउने भारतीय पर्यटकको संख्या यसमा कति छ बोर्डको संख्यामा उल्लेख छैन । भारतीयहरू आफ्नै सवारीसाधन लिएर आउँछन् । धार्मिक यात्रुका साथै पोखरा, लुम्बिनी र सौराहाको भ्रमणमा आउने भारतीय पर्यटक पनि प्रशस्तै छन् । करीब ७ सय भारतीय एकैपटक मुस्ताङ पुगेका छन् । यो संख्या पनि यी क्षेत्रको पर्यटनमा उल्लेख्य मानिन्छन् । यी सबै संख्या मिलाउँदा व्यवसायीको भनाइ जस्तो सुनसान नबन्नुपर्ने हो ।  हुन त कोरोना कालपछि होटेल र अन्य पूर्वाधारमा लगानी बढेकाले पनि पर्यटक बाँडिएर व्यवसाय घटेको हुन सक्छ । तर, पुराना व्यवसायीले समेत व्यवसाय नबढेको प्रतिक्रिया दिएकाले यसै भएको हो भन्न सकिँदैन । यो याममा आउने प्राय: पर्यटक पदयात्रामा जाने भएकाले शहरी पर्यटन क्षेत्रमा चहलपहल कम भएको हुन सक्छ । मनाङको होटेल पदयात्रीका कारण भरिभराउ भएको समाचार आएकाले पनि धेरै पर्यटक पदयात्रामै गएका हुन सक्छन् । जेजस्तो भए पनि पोखरा, ठमेलजस्ता क्षेत्रमा पर्यटक अहिले भरिभराउ हुनुपर्ने हो । त्यसैले यसको विश्लेषण गर्नु जरुरी छ । अध्ययनले पर्यटक आगमनको प्रवृत्ति र उनीहरूले रुचाएको क्षेत्र थाहा हुन्छ जसबाट पर्यटनमा सही नीति लिन सहयोग मिल्छ ।

तीन वटा जहाज नहुनेले वायुसेवा कम्पनी खोल्न नपाउँने

काठमाडौं, भदौ १६ । वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो । हाल वायु सेवा सञ्चालन गरिरहेका कम्पनीका […]

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार, अब नयाँ कम्पनी चलाउन तीनओटा जहाज अनिवार्य

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई से0वा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौं संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनओटा जहाज अनिवार्य हुनुपर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचओटा पु¥याउनु पर्नेछ । यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ । वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ । वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक र जिम्मेवार प्राप्त म्यानेजर तथा पोष्ट होल्डरले प्राधिकरण तथा सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिकरूपमा व्यक्त गर्न नहुने जनाइएको छ । यसैगरी वायुसेवा कम्पनीका जिम्मेवार म्यानेजर तथा पदमा बसेकाले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा स्वार्थ बाझिने प्रवृत्तिका गतिविधि एवं व्यावसायिक कार्य,  (जस्तै ः टुर एन्ड ट्राभल्स) आदिमा संलग्न हुन नपाउने, वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्याकारी निर्देशक तथा जिम्मेवार म्यानेजरले प्राधिकरणले दिने पाइलट तथा मर्मतसम्भारको तालिम लिएको भए सोको अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने व्यवस्था गरिएको छ । पाइलटले उडानबाहेक अन्य व्यावसायिक गतिविधिमा संलग्न रहन नपाउने जनाइएको छ । ‘नो अब्जेक्सन लेटर’ पाप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर विक्री तथा हस्तान्तरण गर्न नपाउने, प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व एवं निजी वायुसेवा कम्पनीले जिम्मेवार म्यानेजर र पोष्ट होल्डर नियुक्त गर्न नपाउने, प्राधिकरणले वायुसेवा कम्पनीको अकाउन्टटेबल म्यानेजरको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गर्ने पनि उक्त दशौं संशोधनमा उल्लेख गरिएको छ । रासस

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

काठमाडौँ, १६ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार सबै वायुसेवा कम्पनीले […]

यस्तो छ हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीन वटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्...

तीन वटा जहाज नहुनेले वायुसेवा कम्पनी खोल्न नपाउँने

काठमाडौं, भदौ १६ । वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो । हाल वायु सेवा सञ्चालन गरिरहेका कम्पनीका […]

वायु सेवा कम्पनीहरुको उडान अनुमतिमा थप कडाई

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित विभिन्न वायुसेवा सञ्चालक कम्पनीहरुलाई उडान अनुमति दिन थप कसिलो कानुनी व्यवस्था गरेको छ । हवाई सेवा सञ्चालन सर्टिफिकेट गाइडलाइन्सको दशौं संशोधन गर्दै प्राधिकरणले यस्तो कडा व्यवस्था सहित नयाँ मापदण्ड तयार गरेको हो । हवाई सेवा नियामक निकाय प्राधिकरणका अनुसार यो नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि वायु सेवा सञ्चालन […] The post वायु सेवा कम्पनीहरुको उडान अनुमतिमा थप कडाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेवानिको सक्रियता

नेपाल वायु सेवा निगमले मलेशिया उडानको थालनी गर्दै छ भने अस्ट्रेलियाको सिडनी उडानका लागि स्लट प्राप्त गरेको छ । यसले निगम उडान क्षेत्र विस्तारका लागि सक्रिय भएको देखाउँछ । यतिमात्र होइन उसले आन्तरिक उडानका लागि विमान थप्ने योजनासमेत अगाडि बढाएको छ जुन निकै सकारात्मक छ ।  निगमले बा≈य उडानका लागि वाइडबडी विमान खरीद गरेपछि यसले व्यवसाय गर्न नसक्दा निकै आलोचना खेपिरहेको छ । यसमा एकातिर निगमको रणनीति कमजोर देखिएको छ भने अर्कातिर कोरोनाको असर र सरकारी कमजोरी पनि कारण देखिएको छ । नेपालको उड्डयन क्षेत्र यूरोपेली संघको कालो सूचीमा परेकाले निगमले यूरोप उडान गर्न पाएको छैन । विगतमा यूरोप उडानबाट निगमले राम्रो आम्दानी गरेको थियो भने पर्यटन व्यवसायलाई पनि ठूलो सहयोग गरेको थियो । तर, अहिले विगतको दाँजोमा आन्तरिक र बा≈य उडान दुवैमा आफ्नो अंश निकै गुमाएको छ । कुनै बखत विमान नभएर समस्यामा परेको निगम अहिले व्यावसायिक योजनाका साथ काम गर्न नसक्दा समस्यामा परेको देखिन्छ । तर, निगममा बिस्तारै केही सुधार आउन थालेको देखिएको छ ।  अहिले निगमले अनलाइन टिकटको व्यवस्था गरेको छ भने वाइडबडी खरीद गर्दा लिएको ऋणको किस्ता पनि तिर्न थालेको छ । तैपनि निगमले अन्तरराष्ट्रिय उडानमा पर्याप्त व्यवसाय गर्न सकेको छैन । चिनियाँ वायुसेवा कम्पनीहरूले चीनबाट नेपालमा प्रशस्त उडान गरे पनि निगमले त्यहाँ आफ्नो सेवा दिन सकेको छैन । यदि चीनमा उडान शुरू गर्न सके प्रतिस्पर्धाका कारण भाडा घट्न गई चिनियाँ पर्यटकको आगमन निकै बढ्ने देखिन्छ । यसका लागि निगमको सामथ्र्यले मात्र हुँदैन, सरकारले पनि कूटनीतिक पहल गर्नुपर्छ । सिड्नीसँगै मेलबर्न पनि उडान गर्न सके निगमले राम्रै व्यवसाय पाउने देखिन्छ । यूरोपमा तत्काल वायु सेवा सञ्चालन गर्न नसके पनि अन्य मुलुकमा निगमले आँखा लगाउनु आवश्यक छ ।  राजनीतिक हस्तक्षेप र निगम व्यवस्थापनको अक्षमता तथा भ्रष्टाचारका कारण थलिएको निगमलाई माथि उकास्ने धेरै पक्षमा सुधार आवश्यक छ । यसका लागि निगमको नेतृत्व सही व्यक्तिलाई दिनुपर्छ । प्रतिस्पर्धाबाट नेतृत्व छान्ने र उसलाई पूरा अवधि काम गर्न दिने हो भने यसमा सुधार ल्याउन सकिन्छ ।

हेलिकप्टर कम्पनी थपियो

नेपालमा नयाँ हेलिकप्टर कम्पनीले सेवा सञ्चालन गर्ने भएको छ । पन्ध्र करोड रुपैयाँको लागतमा स्थापित स्काइटेल हेलिसफारीले भदौ अन्तिमबाट उडान सुरु गर्ने तयारी गरिरहेको छ । स्काइटेलले छ सीट भएको आर–४४ राभेन हेलिकप्टर मार्फत उडान सुरु गर्न लागेको एक सञ्चालक केदारप्रसाद अर्यालले बताए । हेलिकप्टर पोखरा बेस भएर सञ्चालन हुनेछ । साउनको पहिलो हप्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा सञ्चालन अनुमतिपत्र दिने बताइएको छ । अनुमतिपछि स्काइटेलले हेलिकप्टर खरीदका लागि प्रतीतपत्र खोल्नेछ । कम्पनीले अमेरिकाबाट हेलिकप्टर खरीदका लागि प्रक्रिया अघि बढाएको बताए । कम्पनीले निकट भविष्यमा आर–४४ र आर–२२ वेटा दुईवटा हेलिकप्टर खरीदको लक्ष्य लिएको बताएको छ । त्यस्तै, एम वान १७ र एम वान १८ जहाज पनि भाडामा लिएर सञ्चालन गर्ने तयारी सुरु गरेको छ । चार्टर, कार्गो र यात्रुबाहक गरी तीनवटै सेवा सञ्चालन गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ । पाइलट ट्रेनिङ स्कुलको तयारी जनकपुरमा नेपालकै दोस्रो पाइलट ट्रेनिङ स्कुल स्थापना हुने भएको छ । इन्टरनेशनल पाइलट टे«निङ स्कुल प्रालिले यो स्कुल एघार करोड रुपैयाँको लागतमा स्थापना गर्न लागेको हो । यसअघि चितवनमा शिवानी एयर प्रालिले पाइलट ट्रेनिङ स्कुल स्थापना गरेको थियो । तर, त्यसका प्रबन्धक नै विद्यार्थीहरूबाट संकलित झन्डै ६ करोड रुपैयाँसहित भागेपछि स्कुल बन्द भएको थियो । वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

इन्धनको मूल्य समायोजन भएपछि हवाई भाडा घट्यो

निजी हवाई सेवा प्रदायक एयरलाइन्स कम्पनीले आन्तरिक उडानको भाडा घटाएको छन्। वायु सेवा सञ्चालन संघले बुधबारदेखि लागु हुने गरी भाडा