एजेन्सी। बलिउड सुपरस्टार ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’को हिन्दी रीमेकको शुटिंग एकपटक फेरि टरेको छ। योसँगै फिल्मको शुटिंग जुलाईको मध्ययता शुरु नहुने भएको हो। एक रिर्पोटकाअनुसार भारतमा डेल्टा कोरोना संक्रमितको संख्या बढिरहेकाले फिल्म निर्माताले फिल्म शुटिंग मितिलाई केही पर सार्ने निर्णय गरेका हुन्। ‘विक्रम वेधा’आर. माधवन र विजय सेतुपती स्टारर दक्षिण भारतको सुपरहीट फिल्म हो।