काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल टर्कीको स्तानबुलबाट पोर्चुगलको पोर्टो सरेको छ।कोरोना महामारीका कारण युइएफएले यो निर्णय गरेको हो। पोर्टोको स्टुडियो डो ड्रगाओमा हुने खेलमा दुबै क्लबले समान ६-६ हजार दर्शकलाई मैदानमा अनुमति दिन पाउने छन्। फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन्। फाइनल ३० मे मा हुने छ।टर्की रेड लिस्टमा यसअघि खेलाउने तय भएको इस्तानबुलको अतातुर्क स्टेडियम बढ्दो कोरोनाका कारण सारिएको हो। टर्कीलाई इङ्ल्याण्डले रेड जोनको लिस्टम