स्थानीय तहको चुनावले पछि सर्यो 'चिसो मान्छे'

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा निर्मित फिल्म 'चिसो मान्छे' तोकिएको मितिमा प्रदर्शन नहुने भएको छ। फिल्मको प्रदर्शन मिति तोकिएको वैशाख ३० गते स्थानीय तहको चुनाव हुने भएपछि फिल्मको प्रदर्शन मिति सरेको हो। दीपेन्द्रकै लेखन तथा छायांकनसमेत रहेको 'चिसो मान्छे'लाई प्रतीक्षित फिल्मका रुपमा लिइएको छ। शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका छ। यसै वर्ष भदौमा प्रदर्शन हुने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। फिल्