काठमाडौं : राजस्व अनुसन्धान विभागले साढे ८ करोड रूपैयाँ कर छलेको आरोपमा काठमाडौं महानगरपालिका-२७ स्थित श्री अन्तरा इन्टरनेशनलविरुद्ध मुद्दा दर्ता गरेको छ।कर छलीका मतियारहरू कम्पनीका लेखापरीक्षक डोटी दिपायल सिलगढी नगरपालिका-४ का गणेशबहादुर केसी र धनुषा लक्ष्मीनियाँ गाउँपालिका-६ का श्यामसुन्दर यादवविरुद्ध मुद्दा दर्ता गरेको विभागले जनाएको छ।विभागका अनुसार उक्त कम्पनीले राजस्व चुहावट गर्न नक्कली मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरणहरू तथा आय विवरण तयार गरी तिर्नुपर्ने कर नतिरेको