काठमाडौं : भारतमा मङ्कीपक्स भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा पनि उच्च जोखिम रहेको भन्दै सरकारले तयारी थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालका अनुसार हाल देशभरका १४ जना चिकित्सकलाई फोकल पर्सन नियुक्त गरी उनीहरूलाई मङ्कीपक्स संक्रमणको बारेमा जानकारी दिनुका साथै सम्भावित विरामीको पहिचान र उपचारको बारेमा तालिम समेत दिएको बताए।डा. गेलालका अनुसार