ट्रेड एक्स्पोको चौथो दिन : कोभिडपछिको जमघट स्थल बन्यो एक्स्पो

विराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ‘ट्रेड एक्स्पो २०२२’को चौथो दिन (सोमवार) १२ हजार जनाले अवलोकन गरेका छन् । कोभिड महामारीको कारण लामो समय मनोरञ्जन क्षेत्रमा भएको प्रतिबन्धपछि आयोजना भएको ट्रेड एक्स्पोमा किनमेल र मनोरञ्जन गर्न आउनेको संख्या बढेको छ ।  अवलोकनकर्ताले एक्स्पोको भ्रमणले निकै आनन्दित बनाएको प्रतिक्रिया दिएका छन् । स्टल भाडामा लिएर आफ्नो उत्पादन विक्री गरिरहेका व्यवसायीहरूले पनि उपभोक्ताले राम्ररी नै खरीद गरिरहेको र स्टलको हेर्न आउनेको संख्या निकै राम्रो भएको बताएका छन् ।  मोरङ जहदा गाउँपालिका–२ का गंगा राय शाहले पहिलेका एक्स्पो भन्दा यो निकै फरक रहेको बताए । आफू घाममा निकै धापिएर आएको बेला पहिलो प्रवेश नै एयर कन्डिसन भएको डोममा भएकाले निकै राहत र आराम महसूस गरेको बताए । उनले श्रीमती र छोरालाई पनि मेला घुमाए । आइसक्रिम खाए अनि रोटेपिङमा फन्को पनि लगाए ।  एक्स्पोमा आएपछि समय कटेको पत्तै नपाउने गरी यसपटक व्यवस्था मिलाइएकोमा सकारात्मक प्रतिक्रिया दिँदै उनले भने, ‘दुई घण्टा बितेको पत्तै भएन, घर टाढा भएकाले अब निस्कन लाग्दै छौं, नत्र अझै बस्न मन थियो ।’ विराटनगर–८ घर भएकी तिलियादेवी रायले एक्स्पोमा ५ किलो लुगा धुने पाउडर किन्दा एउटा बाल्टी उपहार पाइन् । श्रीमानसँग एक्स्पो घुम्न आएकी उनले  डिटरजेन्ट पाउडर मात्रै होइन, अचारलगायत अन्य खानेकुरा पनि किनिन् । बाहिरभन्दा सस्तो भएको र उपहारसमेत रहेकाले आफूले यहीँ नै सामान किनेको उनले बताइन् ।  उनले एयर साइकल, जिपलाइनलगायत खेल थपिएको बताइन् । यसरी बेला बेलामा एक्स्पो लाग्दा उपभोक्तालाई फाइदा हुने उनको भनाइ थियो ।  विराटनगर–३ पोखरिया घर भएका पुरुषोत्तम पोखरेलले एक्स्पो आफूलाई रमाइलो लागेको प्रतिक्रिया दिए । श्रीमती सुचिता पोखरेलका साथ एक्स्पो घुम्न आएका उनले सेल्फी जोन, साहसिक खेल नयाँ भएको बताए । सुचिता पोखरेलले यो पटकको एक्स्पोमा धेरै नयाँ परिवर्तन पाएको बताइन् । उनले यो पटक अन्य एक्स्पो भन्दा ठाउँ फराकिलो पाइएको र जति भीड भए पनि सहज भएर हिँड्न र किनमेल गर्न सकिएको बताइन् । कोरोनापछि खुलेर मनोरञ्जन स्थल घुम्न पाएको उनको भनाइ थियो ।  किसान पेडिया सर्भिस प्रालिको स्टलमा किसानहरूको खास आकर्षण रहेको छ । किसानलाई प्राविधिक परामर्श दिनुका साथै गड्यौला मल र बीउ आदिको पनि राम्रो विक्री भइरहेको स्टलका प्रतिनिधि राजेश मेहताले बताए ।  त्यसैगरी सेञ्चुरी फुड एण्ड प्याकेजिङ दुहबीका कमलेश शर्माले आफ्नो स्टलमा महिलाहरू बढी आएको र चामल, दाल आदि किनेको बताए । पाँच किलोभन्दा बढी चामल खरीदमा विभिन्न उपहार राखिएको उनको भनाइ छ । त्यसैगरी, सेञ्चुरी मसलाले पनि आफ्नो स्टलमा १० प्रतिशत छूट दिएको छ । ५० रुपैयाँको कुनै पनि सामान खरीद गर्दा लक्की ड्रमार्फत तत्कालै हात खाली नजाने उपहारसमेत दिने गरेको छ । कोशी एरियाका सेल्स इन्चार्ज फरेश पौडेलले गृहिणीको विशेष रोजाइमा स्टल परिरहेको बताए ।  त्यस्तै, रमपम चाउचाउको स्टलमा पनि उपहार राखिएकाले बालबालिका र युवाहरूको भीड त्यहाँ पनि लागेको छ । पाँच प्याकेटको फेमिली प्याक टु पिएम हर्ट एण्ड स्पाइसी चाउचाउको खरीदमा एउटा चाउचाउ र चपस्टिक उपहार अथवा एउटा मेलामाइनको कचौरा उपहारमा राखिएको छ । त्यस्तै, रमपम फेमिली प्याकको खरीदमा एउटा स्टिलको कचौरा उपहार दिइएको एरिया सेल्स मेनेजर जीवन पराजुलीले बताए ।

सम्बन्धित सामग्री

स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला

जनकपुरधाम – सिरहामा स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेका छन्। आइतबार लिटिल स्टार स्कुलमा पढ्न गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सिरहाको सिरहा नगरपालिका ६ बसबिट्टा बस्ने मो. रजाक मंसुरको छोरी १४ वर्षीया नुडी खातुन र मो. सहिद मंसुरको छोरा १२ वर्षीय […]

तिहारको चौथो दिन आज गोवर्द्धन पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

तिहारको चौथो दिन यसरी गरियो गाई पूजा

नेपालीहरूको महान चाड तिहारको चौथो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमागाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआज गरेका हुन् ।कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईकोपूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आआजका दिन पशुपतिको गौशालामा पनि गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ ।

तिहारको चौथो दिन : गाईको पूजा गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको आज चौथो दिन । आज गाईतिहार, गाईको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी...

यमपञ्चकको चौथो दिन आज गाई पूजा

कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।...

नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रीको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।...

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं : नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी…

चौथो दिन पनि घट्यो सेयर बजार

१९ जेठ, काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको […]

आज तिहारको चौथो दिन : गाई र गोरुको पूजा गरी मनाइँदै

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाई तिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई...

भारत र न्युजिल्यान्ड टेष्टः चौथो दिन पनि ‘वास आउट’

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल वर्षाका कारण चौथो दिन पनि ‘वास आउट’भएको छ। इङ्ल्यान्डको साउथह्याम्पटनमा जारी टेष्टको चौथो दिन एक बल पनि सम्भव भएन। वर्षाकै कारण फाइनल खेलको पहिलो दिन पनि ‘वास आउट’ भएको थियो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो। न्युजिल्यान्ड तेस्रो दिन सकिँदा १०१÷२ को स्थितिमा छ।