तिहारको चौथो दिन आज गोवर्द्धन पूजा

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

सम्बन्धित सामग्री

तिहारको चौथो दिन : आज गोवर्द्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

यमपञ्चकको चौथो दिन : गोवर्द्धन पूजा गरी मनाइँदै

काठमाडौँ – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने […]

आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा

आज तिहारको चौथो दिन, गाई, गोरु र गोवर्द्धन पूजा गरिंदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चौँथो दिन आज मंगलबार गाईको पूजा गरि मनाइँदै छ । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । गाई तिहार यमपञ्चकको चौँथो दिन मनाइने गरिन्छ […]

यमपञ्चकको चौथो दिन झिलिमिली काठमाडौं उपत्यका

काठमाडौं : तिहारको चौथो दिन आज शुक्रबार गोवर्द्धन पूजा गरि मनाइएको छ। यसैगरी, आजै नेपाल सम्वत्‌ ११४२ पनि सुरु भएको छ।साँझमा सबैका घरमा झिलिमिली बत्ती बलेको देखिन्छ। साँझमा उपत्यका बत्तीको झिलिमिलीले धपक्कै बलेको छ।घर उज्यालो भए धनधान्यकी देवी लक्ष्मीले घरमा वास गर्ने विश्वास गरिन्छ।तिहारलाई फूल र बत्तीको पर्वका रुपमा पनि लिइन्छ।थाहाखबर फोटोपत्रकार शिला तिम्सिनाले लिएका तस्वीरमा काठमाडौं उपत्यकाको झिलिमिली:

तिहारको लागि मिठाई पसलमा भीड (तस्बिर)

काठमाडौँ – आज यमपञ्चक एवं तिहारको चौथो दिन। आज गोवर्द्धन पूजा। आजै नेपालभाषी समुदायको म्हः (आत्मा) पूजा। भोलि तिहारको अन्तिम दिन भाइटीका। भाइटीकालाई नेपालभाषीहरु किजापूजा भन्छन्। म्हः पूजा र भाइटीकामा फलफूल तथा मिठाईको अधिक प्रयोग हुन्छ। काठमाडौँ उपत्यकामा फलफूलभन्दा मिठाईको बढी प्रयोग हुने गर्छ। पहिले म्हः पूजा तथा भाइटीकामा यहाँका रैथाने फलफूलमात्रै प्रयोग हुन्थ्यो। यहाँ […]

तिहारको चौथो दिन : गाई, गोरु, गोवर्द्धन र हलि पूजा गरिंदै

कात्तिक १९, काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन शुक्रवार गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।            गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।            गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए।            आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।             हलि एवं गोरु पूजा            वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।            गोवर्द्धन पूजा            आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको समितिले बताएको छ । रासस