निर्वाचन आयोगले १ लाख २३ हजार स्थानीय तहका उम्मेदवारलाई जरिवाना गरेपछि खर्च विवरण नबुझाउने उम्मेदवारले जरिवाना बापतको रकम बुझाउन थालेका छन् । आयोगमा मंगलबार झापाका कचनकवल गाउँपालिका अध्यक्षका उम्मेदवार अन्जरा आलमले निर्वाचन खर्च विवरण नबुझाएकोमा दण्ड जरिवाना बापत ३ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाएका हुन् । आयोगले गत स्थानीय तहको निर्वाचन खर्च विवरण नबुझाउने, ढिलो गरी बुझाउने नगर प्रमुख तथा उपप्रमुखका ३ हजार ७ सय ५६ उम्मेदवारलाई जनही ४ लाख ५० हजारका दरले जरिवान