आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने

काठमाण्डौ – ठेकेदारले आफ्नो ठेक्कापट्टा भएको पालिकामा वैशाख ३० गते हुने चुनावका लागि उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको स्वघोषणामा सर्वोच्च अदालतले थप व्याख्या गर्दै आफ्नो ठेक्कापट्टा भएको पालिकामा उम्मेदवार बन्न नपाउने आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै स्वघोषणासम्बन्धी व्यवस्थामा थप व्याख्या गरेको हो । आदेशमा भनिएको छ, ‘कानुनले निर्धारित योग्यता पुगेको र प्रचलित कानुनमा तोकिएको अन्य अयोग्यता नभए निजले मन...