काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने प्रस्ट्याएको छ । आसन्न स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार बाहिरिएको सन्दर्भमा आयोगले यसबारे प्रस्ट पारेको हो । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा आयुक्त रामप्रसाद भण्डारीले यो व्यवस्था सबै ठेकेदारका हकमा […]