जनकपुरधाम – जनकपुरधाममा अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन्। जनकपुरधामको काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको भन्दै परिवारजनले अस्पतालमा तोडफोडसमेत गरेका हुन्। गत सोमबार अस्पताल भर्ना भएकी धनुषाधाम नगरपालिका–७ किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुसर्रफ खातुन र उनका नवजात जुमल्याहा शिशुको ज्यान गएको छ। […]