जलेर एक महिनेकाे शिशुकाे मृत्यु, आमा घाइते

सुर्खेत : ओछ्यानमा आगो सल्किएर एक महिने शिशुको मृत्यु भएको छ। शिशुलाई बचाउन खोज्दा आमाको दुवै हात जलेर घाइते भएकी छन्।रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ शान्तिबजार बस्ने रिमबहादुर रोकायको एक महिने छोराको मृत्यु भएको हो। शिशुलाई चुलोको नजिक सुताएर आमा बाहिर गएको बेला बच्चा सुतेको ओछ्यानमा आगो सल्केको बुझिएको छ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते आमालाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमबाट प्रहरी टोली खटिएको

सम्बन्धित सामग्री

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्। आज शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी आगोले जलेर घाइते भएकी हुन्। दिउँसो करिब ४ बजेतिर जङ्गलमा लागेको आगोले जलेर भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायणसिं नेगीले बताए। पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्नेक्रममा भण्डारी जलेर घाइते भएकी […]

चितामा आगो लगाउने क्रममा जलेर दुई घाइते

तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा शुक्रबार जलेर दुई घाइते भएका छन् । सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा दुई घाइते भएको प्रहरीले जनाएको छ । पेट्रोलको लप्काबाट निस्केको …

अछाममा आगोले जलेर एक जना घाइते

अछाम– अछाममा घरमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन्। मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी हुँदा उनी जलेर घाइते भएका हुन्। आगो निभाउने क्रममा साउद जलेर घाइते भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्नलगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा […]

जलेर गम्भीर घाइते वृद्धाको मृत्यु

जलेर गम्भीर घाइते बर्दिया राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षीया सोहनी थारूका मृत्यु भएको छ ।  बुधबार  कोठामा आगो बालेर सुकेकी थारुले ओडेको ब्ल्यांकेट सल्किएपछि उनी पनि जलेर गम्भीर घाइते भएकी...

आगोले जलेर घाइते

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन्। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० खल्ला टोलकी अन्दाजी ७० वर्षीया पुतलीदेवी सदाशंकर आफ्नै घरमा आगो ताप्ने क्रममा आज दिउँसो जलेर घाइते भएकी हुन्।आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी घाइते भएकी इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज लगिएको छ।

बारामा आगो ताप्ने क्रममा जलेर दुई महिला घाइते

वीरगञ्ज – बारामा आगो ताप्ने क्रममा जलेर दुई महिला घाइते भएका छन्। सुवर्ण गाउँपालिका–५ पशुरामपुर बस्ने ७० वर्षीया रबुजन खातुन जलेर घाइते भएकी हुन्। घरमा घुर सल्काइ आगो ताप्ने क्रममा घुरबाट सल्केको आगोले जलेर खातुन घाइते भएकी हुन्। उनको शरीरको माथिल्लो भाग जलेको तथा कलैया अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक […]

बारामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छन्। सुवर्ण गाउँपालिका–३ जमुनिया टोल घर भइ जितपुरसिमरा उपमहानगरपालिका–१८ उच्चीडिह टोल बस्ने ६० वर्षीया किमैनादेवी यादव जलेर घाइते भएकी हुन्। आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा यादवले लगाएको कपडामा आगो सल्किँदा उनको शरीरको विभिन्न भाग जलेको छ। घाइते भएकी यादवलाई थप […]

हुलाकी राजमार्गमा कार्यरत् मजदुर अलकत्रामा जलेर गम्भीर घाइते

हुलाकी राजमार्ग अन्तर्गत झापाको गौरीगञ्जमा सडक निर्माणमा खटिएका कार्यरत् एक जना मजदुर जलेर गम्भीर घाइते भएका छन्।

जलेर बालिकाको मृत्यु, आमा गम्भिर घाइते

बुटवल । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका थिए ।४४ वर्षकी पुनम सुनार र उनकी एक वर्षकी छोरी जलेपछि उपचारका क्रममा छोरीको लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा पुनमको लमही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

आगोले जलेर घाइते कञ्चनदेवीको उपचारको क्रममा मृत्यु

६ माघ, जनकपुरधाम । महोत्तरीमा आगोले जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा दुई महिनापछि मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका वडा नम्बर ३ सुनौल बस्ने ३० वर्षीया कञ्चनदेवी महतोको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चालाई लगाउने गाजल दीपमा सेक्ने क्रममा गत मंसिर ८ गते उनको शरीरमा आगो लागेको थियो । तत्कालै […]