काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट हाम फालेर १४ वर्षीय किशोर किशोरीले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन् ।अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन । घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ । अनिकेतले नोटमा लेखेका छन्–‘हार्ड टु बि लिभिङ के, मैले बास्तवमै बाँच्ने उत्प्रेरण गुमाएको छु । र, आ