व्यवसायी कँडेल मृत्यु प्रकरण: रावल हिरासतमा रुंगटा अझै फरार, सुसाइड नोट नै मुख्य प्रमाण

काठमाडौंः चितवनका पोलट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानको तीन साता हुन लागेको छ। प्रहरीले घटनामा प्रमाण संकलन गरिरहेको छ। घटना आत्महत्या दुरुत्साहनतिर आकर्षित भएको छ। शव भेटिएदेखि नै प्रहरीले घटना आत्महत्या दुरुत्साहन भएको भन्दै अनुसन्धान थालेको थियो। वैशाख १९ गते भरतपुर महानगरपालिका ३ बेल्चोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको…