रामेछापको ठोसेमा रहेको फलाम खानी सञ्चालनमा ल्याउन ढकालको माग

नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्र  ढकालले बन्द रहेका खानीहरू निजी क्षेत्रलाई संलग्न गराएर सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । रामेछाप उद्योग वाणिज्य संघको १४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले बन्द रहेका खानी सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।उनले स्थानीय स्तरमा रहेका फलाम, शिशा, कोइलालगायतका खानीहरू कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरूको सञ्चालनमा ल्याउन निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने बताए । रामेछापक

सम्बन्धित सामग्री

फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश

पर्वत, १५ माघ । पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको […]

रुकुम पूर्वमा थालियो फलाम खानीको विस्तृत अध्ययन

रुकुम पूर्व : जिल्लामा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ। भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको सम्भाव्यता अध्ययन शुरु गरेका हुन्। खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन शुरु गरेको हो।आर्थिक अभावले विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन शुरु भएको बताए। हाल फलाम ख

धौवादी फलाम खानी यसै वर्ष सञ्चालनमा ल्याईने

काठमाडौं,१५ जेठ । सरकारले नवलपरासिमा रहेको धौवादी फलाम खानीको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न गर्दै यहि आर्थिक वर्षभीत्रमा उत्खनन्को कार्य प्रारम्भ गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०.८१ को विनियोजित बजेट संसद्मा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बाँकी कार्य सम्पन्न गरेर यहि वर्ष भित्र खानी सञ्चालनमा ल्याउने उद्धघोष गरेका हुन् । धौवादी नेपालमका […]

‘फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ’

कावासोती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताए ।  आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौबादी फलाम खानीको अवलोकन गर्न पुगेका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन् । […]

के हुँदैछ धौवादीको फलाम र मुस्ताङको युरेनियम

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा–५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि तत्कालीन सरकारले २०७६ सालमै खानीबाट फलाम निकाल्न धौवादी कम्पनी गठन गरेको थियो । त्यहाँ १० किलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि र चीनमा परीक्षण गर्दा उच्च गुणस्तरको फलाम रहेको प्रमाणित भएपछि उत्खननका लागि सरकारले प्रक्रिया अगाडि बढाएको थियो सरकारले गराएको अध्ययनबाट सो फलाम …

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै

बैतडी : बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदैछ।पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिढुंगा र घरकटट्यामा फलाम खानी रहेको बताइन्छ।उक्त क्षेत्रमा खानीको सम्भाव्यता अध्ययनका लागि काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागको टोली आएको हो।शुरुमा यहाँको वस्तुस्थिति अवलोकन गरिएको र अब फलाम खानीको सम्भाव्यता अध्ययन गर्ने तयारी भएको सिनियर डिभिजनल जियोलजिष्ट ठाकुर कँडेलले बताए।उनले भने, 'वस्तुस्थिति अवलोकन सकेका छौं, सम्भ्याव्यता अध्ययनमा छौं,

समन्वयको अभावमा नेपालकै सबैभन्दा ठूलो फलाम खानी सञ्चालनमा आउन सकेन

बिबेक भण्डारी नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट झण्डै २० किलोमिटर उत्तरमा रहेको फलाम खानी अझै सञ्चालनमा आउन सकेको छैन् । होप्सेकोटको नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म एक सय ६० वर्गकिलोमिटर क्षेत्रफलमा फलामको कच्चा पदार्थ फैलिएकोे छ । प्रारम्भिक अध्ययनले झण्डै सात करोड टन कच्चा पदार्थ रहेको देखाएको छ । अहिले फलामखानी उत्खनन्, यसको […]

उत्खनन भएन फलाम खानी

बिबेक भण्डारी नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट झण्डै २० किलोमिटर उत्तरमा रहेको फलाम खानी अझै सञ्चालनमा आउन सकेको छैन् । होप्सेकोटको नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म एक सय ६० वर्गकिलोमिटर क्षेत्रफलमा फलामको कच्चा पदार्थ फैलिएकोे छ । प्रारम्भिक अध्ययनले झण्डै सात करोड टन कच्चा पदार्थ रहेको देखाएको छ । अहिले फलामखानी उत्खनन्, यसको […]

धौबादी फलाम खानी : सम्भाव्यता र डीपीआरका लागि कम्पनी छनोट

काठमाडौं । धौबादी फलाम कम्पनी लिमिटेडले नवलपुरको धौबादीमा रहेको खानीको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विभिन्न ६ ओटा कम्पनी छनोट गरेको छ । भारत, चीन, दक्षिण अफ्रिका र अस्ट्रियाका ६ ओटा कम्पनी छनोट गरिसकेको छ र उनीहरूलाई यसै हप्ता आर्थिक तथा प्राविधिक प्रस्ताव बुझाउने समय तोकिएको छ । कम्पनीले आह्वान गरेको टेन्डरमा यी कम्पनीसहित ११ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये कम्पनीले ६ ओटालाई छनोट गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.जनकबहादुर चन्दले साउन पहिलो हप्ता ती कम्पनीहरू छनोट गरिएको जानकारी दिए । यी छनोट भएका कम्पनीमध्ये एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन र डीपीआरका लागि ठेक्का दिइने उनले बताए । उक्त कम्पनीले ३ महीनाभित्र सम्भाव्यता अध्ययन गर्नेछ । कम्पनीका सीईओ चन्दले अध्ययनपछि मात्रै डीपीआर बनाइने र त्यसका लागि भने ७ महीनाको समय दिइने जानकारी दिए । धौबादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि भएको ९ महीनापछि कम्पनीले यी अध्ययन तथा प्रतिवेदन तयार गर्न कम्पनी छनोट गर्दै छ । उनले यो चालू आर्थिक वर्षमा अध्ययनको काम सम्पन्न गरेर उत्पादनतर्फ लाग्ने जानकारी दिए । गतवर्ष औद्योगिक तथा व्यावसायिक उत्पादनको यकिन गर्न चीन पठाएको फलामे ढुंगा (कच्चा फलाम) को अन्तिम नमूना परीक्षणपछि सम्भाव्यता र डीपीआर बनाउने बाटो खुलेको थियो । फलामको उत्पादन, उत्खनन, भण्डारण, प्रविधि छनोटदेखि लगानीसम्मका विषय यकिन गर्न सम्भाव्यता अध्ययन गरिने र त्यसैका आधारमा डीपीआर बनाउने कम्पनीको तयारी छ । खानीक्षेत्रमा हालसम्म ८६४ मीटर ड्रिलिङ गरिएको चन्दले बताए । खानीक्षेत्रमा रहेका पाँचओटा होलमा गरी कुल १ हजार ३०० मिटर ड्रिलिङ गरेपछि भण्डारण तथा खानीको उत्पादन क्षमतालगायत विषय यकिन हुने उनको भनाइ छ । ड्रिलिङको काम भइरहेको उनले बताए । छानिएका कम्पनीहरूका चीनका २ कम्पनीहरू क्यापिटल इन्जिनीयरिङ एन्ड रिसर्च इनकर्पाेरेशन लि र शेडोङ जीईओ–सर्वेइङ एन्ड म्यापिङ इन्स्टिच्युट तथा भारतका २ कम्पनी रहेका छन् । यसैगरी दक्षिण अफ्रिका र अस्ट्रियाका कम्पनी पनि छनोटमा परेका छन् । सरकारले उक्त क्षेत्रबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न २०७६ साउनमा कम्पनी स्थापनाका लागि स्वीकृति दिएको थियो । कावासोतीबाट उत्तरतर्फ हुप्सकोट गाउँपालिका ५ मा पर्ने धौबादीमा १० किलोमीटरमा फलाम भएको पुष्टि भइसकेको छ । खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडाइको रहेको छ । देशको सबैभन्दा ठूलो खानीमा १० करोड मेट्रिक टन कच्चा फलाम रहेको अध्ययनबाट देखिएको छ ।

दैलेखको खानीबाट पेट्रोल र नवलपरासीबाट फलाम कहिले ?

काठमाण्डाै – दैलेखमा पेट्रोलियम पदार्थ र नवलपरासीको धौवादीमा फलाम खानी रहेको अनुमानमा सरकारले उत्खननका लागि अध्ययन अन्वेषण गरिरहेको छ । दैलेखका विभिन्न ठाउँमा आगोको ज्वाला निस्किएकाले त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान छ । त्यस्तै नवलपरासीमा फलाम खानी रहेको पुष्टि नै भइसकेको छ । धौवादी फलाम कम्पनी खोलेर सरकारले काम अघि बढाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पेट्रोलियम पदार्थ र फलाम निकाल्ने अवस्थामै पुग्यो जस्तो गरी भाषण दिँदै आउनुभएको छ । तर दुवै ठाउँमा अहिले प्रारम्भिक चरणका काम मात्रै भइरहेका...