बूढानीलकण्ठमा कांग्रेसको अग्रता

काठमाडौँको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गर्नुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रमिला वाग्लेले तीन हजार २२१ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अनिता लामाले तीन हजार १७१ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ।...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बूढानीलकण्ठमा बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्दैछ ।  कांग्रेसको महाधिवेशन मितिबारे निर्णय गर्ने बैठकको मुख्य एजेण्डा रहेको छ ।  कांग्रेसको १४ औं महाधिवेशन पटक–पटक सर्दै आएको छ । कांग्रेसको निर्वाचन समितिले मंसिरको २४ देखि २६ सम्म महाधिवेशन आयोजना गर्न मिति प्रस्ताव गरेको छ ।  आजको केन्द्रीय कार्यसमितिको बैठकले सोही मितिलाई अनुमोदन गर्ने कांग्रेस नेताहरूले बताएका छन् । त्यसबाहेक महाधिवेशन आयोजना र व्यवस्थापनको लागि विभिन्न समितिहरू पनि आजको...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । दिउँसो २ बजे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका र चुनावको निर्देशिका प्रस्तुत गरिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनशनमा रहेकाले बैठक बूढानीलकण्ठ बस्न लागेको हो । बैठकको मुख्य एजेण्डा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ । कांग्रेसले ...

कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएकाे बैठक महाधिवेशनमा केन्द्रित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो  । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति छ । आज पदाधिकारीबीच सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ । प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानीलकण्ठमा बैठक राखिएको हो ।

कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू भएको छ ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिरहेको हो ।  प्रधानमन्त्री बनेलगत्तै उनले कांग्रेस बैठकहरू बालुवाटारमा बोलाउँदै आएका थिए । तर, त्यसको विरोध भएपछि बूढानीलकण्ठमा बैठक बोलाइएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता विवादका कारण अनशन र धर्ना चलिरहेकाले देउवाले बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।  बैठकमा क्रियाशील सदस्यता ...

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा बस्दै, बालुवाटारमा पार्टी बैठक नबस्ने

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रवार बिहान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्दैछ । सरकारी निवास बालुवाटारमा पार्टी बैठक राख्दा आलोचना भएपछि सभापति देउवाले निजी निवासमा बैठक बोलाएका हुन् ।   शुक्रवार बिहान ९ बजे बस्ने बैठकमा पार्टीको महाधिवेशनबारे छलफल हुने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बोलाइएको जानकारी दिए । कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६–१९ गतेसम्म तय भएको छ । तर...

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दिएको समयसीमा सकिन केही घण्टा बाँकी रहँदा कांग्रेसले सरकार बनाउनेबारे छलफल गर्न बैठक गरिरहेको छ । यसअघि सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरिसकेका छन् ।