नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रवार बिहान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्दैछ ।
सरकारी निवास बालुवाटारमा पार्टी बैठक राख्दा आलोचना भएपछि सभापति देउवाले निजी निवासमा बैठक बोलाएका हुन् ।
शुक्रवार बिहान ९ बजे बस्ने बैठकमा पार्टीको महाधिवेशनबारे छलफल हुने जनाइएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बोलाइएको जानकारी दिए ।
कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६–१९ गतेसम्म तय भएको छ । तर...