सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ कसरी जोगिए ?

जनता समाजवादी पार्टी (जसपा) बाट भएका चारजना मन्त्रीमध्ये तीन जनाले राजीनामा दिएका छन् । तर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले राजीनामा दिएनन् । उनी सामान्य प्रशासन मन्त्री कायम हुने भएका छन् । श्रेष्ठ कुनै समय वरिष्ठ नेता अशोक राई पक्षका नेताको रुपमा चिनिन्थे । तर, पछिल्लो समय श्रेष्ठ अध्यक्ष उपेन्द्र यादव निकट नेता भएकाले मन्त्री पद जोगिएको जसपा एक नेताले बताए ।जसपामा पहाडी मुलको अर्को सांसद नभएकाले पनि श्रेष्ठको पद जोगिएको हुन सक्ने ती नेताको आकलन छ । पार्टीबाट समानुपा

सम्बन्धित सामग्री

राजेन्द्र श्रेष्ठ : प्रतिकूल अंकगणित, छाडेको पार्टीकै आशा

सिन्धुपाल्चोकमा जन्मिएका ६३ वर्षीय राजेन्द्र श्रेष्ठ काठमाडौं–१७, क्षेत्रपाटीका बासिन्दा भएका छन् । एमबीएसम्म अध्ययन गरेका उनी नेकपा (चौम)मा आवद्ध भएर सक्रिय राजनीतिमा आएका हुन् । २०३९ मा नेकपा (माले)मा लागेपछि श्रेष्ठको भूमिगत जीवन सुरु भयो । मालेको काठमाडौं नगर विशेष समिति, जिल्ला समिति र काठमाडौं उपत्यका विशेष समन्वय समिति हुँदै उनी २०४९ मा नेकपा (एमाले)को […]

जनताले मजस्तै जनप्रतिनिधि खोजेका छन् : राजेन्द्र श्रेष्ठ

१७ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र श्रेष्ठ करिब चार दशकदेखि राजनीतिमा छन् । २०५१ मै सांसद भएका उनी २०५६ र २०७४ मा पनि सांसद भए । मुलुकले राजनीतिक परिवर्तनको कोर्स पूरा गरेको र अब परिवर्तनलाई सही रूपमा संस्थागत गर्दै समाजवादमा पुग्ने आधार […]

यसकारण मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट

काठमाडौं, २६ जेठ । सिंहदरबारस्थित संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीको कार्यकक्ष केहीबेर तनावग्रस्त भयो । त्यहाँ मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच हात हालाहाल भयो । जनता समाजवादी पार्टीको मधेश प्रदेशका कमाण्डर समेत रहेका रामबाबु यादव आक्रोशित हुँदै मन्त्रालय पुगेका थिए । त्यहाँ श्रेष्ठलाई भेटेपछि उनले आफूहरुको क्षेत्रमा बजेट किन नहालेको भनी […]

मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट

काठमाडौं, २६ जेठ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट भएको छ । मन्त्री श्रेष्ठको कक्षमै कुटाकुट भएको हो । सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै श्रेष्ठमाथि आक्रमण गरेका थिए । त्यसपछि श्रेष्ठले पनि प्रतिकार गरेका थिए । उनीहरुबीच कुटाकुट भएपछि सुरक्षागार्डले रामबाबुलाई समातेर निकालेका थिए । कुटाकुट […]

चन्द्रसूर्य रहेसम्म गठबन्धन रहन्छ भन्ने होइनः मन्त्री राजेन्द्र श्रेष्ठ

काठमाडौं, १२ जेठ । संघीय मामिला र सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलेदेखि नै गठबन्धन तोड्न चाहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने, “युद्ध लडिरहेका बेला पनि युद्धरत पक्षबीच सम्पर्क, सम्बन्ध, भेटघाट, विचार आदानप्रदान नहुने […]

जहाँ मास ट्रान्सपोर्टेसन छैन त्यो मेट्रोपोलिस ? : राजेन्द्र श्रेष्ठ

काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौं महानगरमा आधारभूत विकास आवश्यक रहेको बताएका छन्। सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभामा संघीय मामिला तथा प्रशासन मन्त्री रहेका उनले ससाना कुराहरुलाई उम्मेदवारहरुले सम्बोधन गर्न सक्नुपर्ने बताए। महानगरलाई सांस्कृति र सम्पदा नगरको रुपमा विकास गर्न बांकी रहेको भन्दै ट्राफिक व्यवस्थापन, फोहोर समस्यालाई…

एमसीसी नआउँदैमा देश कंगाल हुँदैनः राजेन्द्र श्रेष्ठ

काठमाडौं, असोज ९ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नआए पनि देश कंगाल नहुने बताएका छन् । मुलुक एमसीको पक्ष र विपक्षमा विभाजित भएकाले यसलाई संशोधन नगरी पारित गर्न नहुनेमा उनको जोड छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले […]