नेपाली कांग्रेस राइनास नगरपालिकाको सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न भएको मतदानमा उनले १२२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी नूरराज कडारियाले ७९ मत प्राप्त गरे ।
त्यस्तै उपसभापतिमा सन्तोष गुरुङ (१२२) र राजकुमार भुजेल (९९) मत ल्याई विजयी भए । यसैगरी सचिवमा गोविन्द चिलुवाल (११९) र चित्रकुमार श्रेष्ठ (१०६) मत प्राप्त गरी विजयी भए । सहसचिवमा जनकराज न्यौपाने (७५) र मोहन शर्मा चिलुवाल (७७) मत ल्याई विजयी हुनुभएको जिल्ला सभापति भेषबहादुर पौडेलले ...