लमजुङको राइनास नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

लमजुङ - लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले जितेको छ । राइनसमा नेकपा एमालेलाई पराजित गदै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । राइनासमा गठबन्धनका कांग्रेसबाट नगरप्रमुखमा खड्कबहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल विजयी भएका छन् ।  गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए...