लमजुङको राइनासमा कांग्रेसका खड्गबहादुर विजयी

काठमाडौं : लमजुङको राइनास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्गबहादुर गुरुङ विजयी भएका छन्।आज विहान सार्वजनिक भएको नतिजा अनुसार गुरुङ ५ हजार ८ सय २६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत पाए। त्यस्तै उपप्रमुखमा पुष्पराज खनाल ५ हजार ८८६ मत पाएर विजयी भए भने एमालेकी शोभा पन्थी चिलुवालले ३ हजार २३४ मत पाइन्।