मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले एमसीसी संसदबाट अनुमोदन गरिएपनि यसलाई खारेज गर्न सकिने बताएका छन् । अन्य सम्झौतामाझैं एमसीसी सम्झौतामा पनि ३० दिनको सूचना दिएर खारेज गर्न सकिने प्रावधान रहेकाले आफ्नो दल र मोर्चासहित ६ वटा दलले आन्दोलनको घोषणा गरेका बताए । रातोपाटीको नियमित कार्यक्रम ‘टक विथ द टप’ कार्यक्रममा गजुरेलले एमसीसी सम्बन्धनमा श्रीलंकाले पनि संसदबाट अनुमोदन गरिसकेपछि ३० दिनभित्रै खारेज गरेको