एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेल संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिए